भारतको नयाँ दिल्लीस्थित आईजीआई एयरपोर्टमा भागेर नेपाल छिर्न चाहने बेलायती नागरिक पक्राउ परेका छन्।
मुम्बईमा धोकाधडीको मुद्दा लागेका उनी भागेर नेपाल प्रवेश गर्न चाहन्थे। उक्त मुद्दाको कारण उनीविरुद्ध लुक आउट सर्कुलर (एलओसी) जारी गरिएको थियो।
उनी इमिग्रेसन जाँचको लागि पुगेसँगै उनलाई पक्राउ गरिएको हो। नवभारत टाइम्सका अनुसार आरोपीको नाम अनिल कुमार हो।
एयरपोर्ट प्रहरीक स्रोतका अनुसार उनी बेलायती नागरिक हुन्। उनीसँग बेलायती पासपोर्ट छ र उनी लण्डनमा बस्छन्।
उनीसँग मुम्बईको ठेगानामा बनेको मतदाता परिचयपत्र पनि बरामद गरिएको छ। यो परिचयपत्र उनले नक्कली बनाएका थिए।
उनीविरुद्ध गत वर्ष मुम्बईको एक प्रहरी चौकीमा धोकाधडीको मुद्दा दायर भएको थियो।
मुद्दा दायर भएसँगै उनी मुलुक छाडेर भाग्न नसकून् भनेर एलओसी जारी गरिएको थियो।
१५ अक्टोबरको रात उनी दिल्लीबाट काठमाडौं जाने योजनामा थिए। उनले इमिग्रेसन क्लियरेन्सको लागि अधिकारीलाई सम्पर्क गरेका थिए।
उनको पासपोर्ट जाँचको क्रममा उनको एलओसी ओपन देखिएको थियो। यससँगै उनलाई पक्राउ गरिएको हो।
Shares
प्रतिक्रिया