समाज


खानेपानी कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर बजार घुमाइयो

खानेपानी कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर बजार घुमाइयो

शैलेन्द्र महतो
कात्तिक ४, २०७८ बिहिबार १४:४२, जनकपुरधाम

सिके राउत नेतृत्वको जनमत पार्टीले नेपाल खानेपानी** तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएको छ।  

अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले निमित्त प्रमुख कुशवाहालाई बिहीबार अर्धनग्न पारेर नगर घुमाएका हुन्। 

जनकपुरको रामानन्दचोकमा रहेको नेपाल खानेपानी तथा ढल निकास कार्यालयमा भाटासहित दर्जनौंको संख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिटसमेत गरेका थिए।

उनीहरुले निमित्त प्रमुख कुशवाहाको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका हुन्। 

जनमत पार्टीका एक कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलमा सडक निर्माणका क्रममा ढल निकासको समस्याबारे निमित्त प्रमुख कुशवाहालाई पटक पटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताए।

 

सच्याइएको : यस समाचारमा उल्लेखित विवरणमा खानेपानी कार्यालय हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याइएको छ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .