समाज


प्रहरी र राष्ट्रिय अनुसन्धानका हाकिमलाई गृहमन्त्रीको निर्देशन : अब संगठनमा कसैलाई 'तँ' नभन्नू

प्रहरी र राष्ट्रिय अनुसन्धानका हाकिमलाई गृहमन्त्रीको निर्देशन : अब संगठनमा कसैलाई 'तँ' नभन्नू

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १३:५८, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा 'तँ' नभन्न निर्देशन दिएका छन्। 

तीनैवटा निकायका कुनै पनि अधिकारीले आफू मातहतका कर्मचारीलाई अबदेखि‘सम्मानार्थी’ शब्द प्रयोग गरेर बोलाउनु पर्ने भएको छ । 

गृहमन्त्री खाणले तीनै सुरक्षा निकायलाई बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्। 

गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी कार्यक्रममा मन्त्री खाणले यस्तो निर्देशन दिएका हुन्। 

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिएका छन्। 

‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नुपर्छ।'

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा लागु गरेका छन्। अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाणले दिएका हुन्। 

संगठनको छवि जनताबीच राम्रो बनाउन र सम्मानसहितको सेवा दिन पहिले संगठनभित्र एकअर्कालाई सम्मान गर्नुपर्ने खाणले बताए।

सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्द प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो। गृहमन्त्रीको निर्देशनपछि अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न पाउने छैनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .