समाज


१२ लाख रुपैयाँभन्दा बढीका नक्कली नोट र बनाउने उपकरणसहित महोत्तरीमा एक जना पक्राउ

१२ लाख रुपैयाँभन्दा बढीका नक्कली नोट र बनाउने उपकरणसहित महोत्तरीमा एक जना पक्राउ

बरामद नक्कली नोट, उपकरणसहित अभियुक्त


शैलेन्द्र महतो
कात्तिक १२, २०७८ शुक्रबार ७:५९, काठमाडौँ

नेपाली तथा भारतीय रुपैयाँका नक्कली नोट छाप्ने उपकरणसहित प्रहरीले महोत्तरीमा एक जना पक्राउ गरेको छ। 

प्रहरीका अनुसार नक्कली नोट छाप्ने उपकरणसहित गौशाला नगरपालिका ९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई नियन्त्रणमा लिइएको हो। उनलाई महोत्तरी प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

गौशाला नगरपालिका ५ अन्तर्गत गौशाला बजारस्थित महावीर दासको घरमा डेरा लिई बसेका महतोका साथबाट नक्कली नोट विभिन्न दरका नेपाली तथा भारतीय नक्कली नोट र यो बनाउने उपकरण बरामद गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए। 

महतोको डेराबाट तयारी तथा कटिङ नगरेका नेपाली विभिन्न दरका नक्कली नोट ८ लाख ८२ हजार ४२० रुपैयाँ तथा भारतीय २ लाख ७७ हजार ९७० रुपैयाँ साथै विभिन्न दरका नेपाली सक्कली नोट ५ हजार ७० रुपैयाँ बरादम गरिएको डीएसपी विष्टले जानकारी दिए। 

यस्तै नक्कली नोट छाप्ने प्रिन्टर मेसिन १ थान, रबर स्टाम्प १ थान, लालीगुराँस छाप भएको फलामे ढ्याक ३ थान र महात्मागान्धी भएको ढ्याक १ थान, कम्प्युटर पेपर ३ रिम, काठको ट्रेस फर्मा २ थानलगायत सरसमान बरामद भएको उनले बताए। 

महतोबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय (महोत्तरी) ले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .