समाज


महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटियो, मलमूत्र कोच्याइयो

महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटियो, मलमूत्र कोच्याइयो

शैलेन्द्र महतो
कात्तिक १२, २०७८ शुक्रबार १२:६, काठमाडौँ

महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र अमानवीय व्यवहार गरिएको छ। 

प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय पुरुष र उनकी ५५ वर्षीया भाउजूलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो।  

स्थानीयका अनुसार साँझ सवा ६ बजे केही महिला भेला भएर दुवै जनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवै जनालाई स्थानीयस्तरमा उपचारका लागि भर्ना गराएको छ। 

पीडित पुरुषका बायाँ आँखा र खुट्टामा चोट लागेको छ। घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले नेपालखबरलाई जानकारी दिए। 

उनले पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गरिने बताए। 

पीडित र पक्राउ परेकालाई आज जिल्ला प्रहरी कर्यालय (महोत्तरी) ल्याउन लागिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

यसअघि दसैंमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या नै गरिएको थियो भने अर्कीलाई मलमूत्र कोच्याइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .