समाज


सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले

शैलेन्द्र महतो
कात्तिक १२, २०७८ शुक्रबार १५:४४, जनकपुरधाम

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई कालोमोसो दल्दै चप्पलले हानेर दुर्व्यवहार गरेका छन्।

धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुर स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमतका कार्यकर्ताले शुक्रबार कालोमोसोसहित चप्पलले हानेर दुर्व्यवहार गरेका हन्। 

आन्दोलनरत्त विद्यार्थीको मागप्रति वेवास्ता गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले जनकारबाही स्वरुप कालोमासो दलेर चप्पल हानेको बताएका छन्।

प्रअ साह एक मोटरसाइकलको पछाडि बसेर जान लागेको बेला जनमतका कार्यकर्ता र केही विद्यार्थीले पछाडिबाट उनलाई कालोमोसो दल्दै चप्पल प्रहार गरी दुर्व्यवहार गरेका थिए।  

विद्यार्थीहरुले नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नु पर्ने लगायतको माग गर्दै आन्दोलन गर्दै आएका छन्। 

यसअघि गएको कार्तिक ४ गते जनमत पार्टीका नेताकार्यकर्ताहरुले जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर जनकपुर बजार घुमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .