समाज


ढोकामा घाँटी च्यापिएर बालकको मृत्यु

ढोकामा घाँटी च्यापिएर बालकको मृत्यु

शैलेन्द्र महतो
कात्तिक १६, २०७८ मंगलबार १९:५६, जनकपुरधाम

महोत्तरीमा ढोकामा च्यापिएर एक बालकको मृत्यु भएको छ। 

महोत्तरी मटिहानी नगरपालिका १ धिरापुर बस्ने प्रवोध साहको छोरा ९ वर्षीय आयुष कुमार साहको मंगलबार ढोकामा च्यापिएर मृत्यु भएको हो। 

मंगलबार बिहान ८ बजे आमासँग घर सरसफाइ गर्ने क्रममा ढोकाको पलामा बालकको घाँटी अड्किएर गम्भीर घाइते भएका थिए।

बालकको तत्कालै उद्धार गरी जिल्ला अस्पताल जलेश्वर लैजाने क्रममा बाटोमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। 

बालकको शव पोष्टमार्टम जिल्ला अस्पताल जलेश्वरमै गरी परिवारजनलाई जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .