सुरबी फाउन्डेसनले धादिङको थाक्रे गाउँपालिका वडा नं ११ मा रहेको श्रीबाघ बच्छाला आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई सहयोग सामग्री प्रदान गरेको छ।
सामाजिक अभियन्ता समेत रहेका फाउन्डेसन संयोजक कबिन शाक्यले शैक्षिक सामग्री प्रदान गरेका हुन्।
शाक्य कोरोनाको महामारीमा सामाजिक काममा सक्रिय छन्। उनले धादिङको विभिन्न ठाउँमा पुगेर राहत वितरण समेत गर्दै आएका छन्।

शाक्यले बाघ बच्छाला विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको लागि ट्र्याक र सुट समेत प्रदान गरेका थिए। त्यस्तै शैक्षिक सामग्रीमा कपि कलम वितरण गरे।
शाक्य आउँदै गरेको नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा धादिङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उमेदवार पनि हुन्।

276
Shares

प्रतिक्रिया