समाज


छठको मुख्य दिन अस्ताउँदो सूर्यको अर्घ्य दिइयो, भोलि उदाउने सूर्यको प्रतिक्षा गर्दै श्रद्धालु

छठको मुख्य दिन अस्ताउँदो सूर्यको अर्घ्य दिइयो, भोलि उदाउने सूर्यको प्रतिक्षा गर्दै श्रद्धालु

शैलेन्द्र महतो
कात्तिक २४, २०७८ बुधबार २१:४१, जनकपुरधाम

मिथिलाञ्चलसहित तराई मधेश र पछिल्लो सममय पहाडमा समेत मनाउन थालिएको छठपर्वमा आज साँझ अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ। 

जलासय किनारमा आज साँझ पूजासामग्रीसहित ब्रतालुहरुले स्नान गरी अस्ताउँदो सूर्यको अर्घ्य दिएका हुन्। भोलि बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व विधिवत सम्पन्न हुने छ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको आज मुख्य दिन हो।

भोलि विहानको अर्घ्य दिन रातभर जलासय किनारमा पूजाआज गर्दै ब्रतालु तथा श्रद्धालुहरु आदि देव अर्थात दिनानाथ उदाउने प्रतिक्षामा रहन्छन्। 

पाँच दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछमरुवा बारेका थिए भने दोश्रो दिन नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। तेश्रो दिन खरना, चौथो दिन अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन् भने भोलि उदाउँदो सूर्यको अर्घ्य दिइन्छ।  

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूजासामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने मिथिलाञ्चलमा प्रचलन रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .