ad ad

समाज


भारतका योगगुरु बाबा रामदेव नेपाल आइपुगे (तस्बिरहरु)

भारतका योगगुरु बाबा रामदेव नेपाल आइपुगे (तस्बिरहरु)

त्रिभुवन विमानस्थलमा बाबा रामदेवलाई स्वागत गरिँदै। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
मंसिर २, २०७८ बिहिबार १७:५२, काठमाडौँ

भारतका चर्चित योगगुरु बाबा रामदेव काठमाडौं आइपुगेका छन्।

पतञ्‍जलि योगपीठका योगऋषि रामदेव र उनका सहकर्मी आचार्य बालकृष्ण पनि बिहीबार साँझ काठमाडौं आएका हुन्। 

रामदेव र आचार्य बालकृष्णपछि भारतका यातायात मन्त्री नीतिन गडकरी पनि बिहीबारै काठमाडौं आइपुग्दै छन्। 

गडकरीसहित तीनजना पतञ्जलि योगपीठ (नेपाल) को निम्तामा शुक्रबार हुने कार्यक्रममा सहभागी हुन आएका हुन्। 

पतञ्जलि योगपीठले मंसिर ३ गते काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी यहाँ आउने भएका हुन्। 

योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहका अनुसार गडकरीसहितले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ।

गडकरी पतञ्जलि योगपीठले ल्याउन लागेका दुईवटा टिभी च्यानल आस्था नेपाल र पतञ्‍जलि (नेपाल) को उद्घाटनमा सहभागी हुन आएका हुन्। ती च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .