समाज


दलित महिलालाई घरबाटै लगेर सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ

दलित महिलालाई घरबाटै लगेर सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ

शैलेन्द्र महतो
मंसिर २, २०७८ बिहिबार २०:४०, काठमाडौँ

महोत्तरीमा दलित महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। घटनाको झण्डै २ महिना पश्चात दुवै अभियुक्तलाई महोत्तरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा महोत्तरी भंगाहा नगरपालिका ५ सितापुर बस्ने २४ वर्षीय बिपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया बस्ने वर्ष ४२ का मनोज यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। 

मण्डल घर बनाउने मिस्त्री हुन् भने यादव कृषक हुन्। प्रहरीका अनुसार गएको असोज १३ गते राति ११ बजेको समयमा दुवै जनाले महोत्तरीको भंगहा नगरपालिका २ बखरी टोल बस्ने श्याम सदाकी श्रीमती अन्दाजी ३५ वर्षकी अमृता सदालाई  घरबाटै ज.९ प ५१५८ मोटरसाइकलमा चढाएर लगेका थिए।

पुनः १४ गते बिहान ३ बजेको समयमा अमृता सदालाई बेहोस अवस्थामा घरमै पुर्याएर फरार भएका थिए। अमृताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोही दिन राति १० बजेको समयमा मृत्यु भएको थियो। 

डीएसपी विष्टका अनुसार बिगत २ वर्षदेखि मृतक अमृता र मनोजबीच चिनजान रहेको थियो। मनोजले अमृतालाई फोन गरी घरबाट असोज १३ गते राति उनलाई दुवै जनाले मोटरसाइकलमा चढाएर बखरी गाउँदेखि उत्तरको चौरीमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बेहोस भएपछि पुनः बिहान ३ बजे अमृतालाई घरमा लगेर छाडेका थिए।

सो घटना पश्चात फरार दुवै जनालाई महोत्तरी प्रहरीले बुधबार अपरान्न ४ बजे बिपीनलाई आफ्नै गाउँमा लुकिछिपी बसिरहेको अबस्थामा र मनोजलाई, सिरहाको मिर्चैया नगरपालिका ५ मा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको डीएसपी विष्टले जानकारी दिए। 

दुवै जनामाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .