समाज


जलेश्वरका मेयर, उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जलेश्वरका मेयर, उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १३:२९, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ। 

मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन, नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित जनप्रतिनिधि र कर्मचारी गरी १२ जनाविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरुले जलेश्वर-१ को महोत्तरी बरुणपोखरी नजिक रहेको बजार क्षेत्रमा पीपीसी ढलान गर्दा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ। 

वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झा, नगरपालिकाका अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदसस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी विरुद्ध पनि मुद्दा दायर भएकाे छ। 

अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबैसँग त्यति नै रकम बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .