समाज


काठमाडौंसहित ११ जिल्लाका शैक्षिक संस्था बन्द, लाखौं विद्यार्थी प्रभावित

काठमाडौंसहित ११ जिल्लाका शैक्षिक संस्था बन्द, लाखौं विद्यार्थी प्रभावित

नेपालखबर
असार ६, २०७६ शुक्रबार ४:११,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज (शुक्रबार) काठमाडौं उपत्यकाका तीनसहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन्।

आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा शैक्षिक हड्ताल आह्वान गरेको हो।

शैक्षिक हड्तालका कारण यी ११ जिल्लाका सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन्। शैक्षिक संस्था बन्द भएपछि लाखौं विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन्।

अनेरास्ववियु क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा आफ्ना कार्यकर्ता गिरफ्तार गरिएका काठमाडौं उपत्यकाका तीन जिल्लासहित उल्लिखित ११ जिल्लामा आज शुक्रबार एक दिनका लागि शैक्षिक हड्ताल गरिएको उल्लेख छ।

हेर्नुहाेस् विज्ञप्ति:

School EyJHvlhxxE

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad