बालबालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने एक युवतीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने स्याङ्जाको चापाकोट नगरपालिका ४ घर भई हाल पोखरा १४ चाउथे बस्ने २४ वर्षीया अम्विका पुलामी मगर भएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई सुनको मुन्द्राको १३ टुक्रा अर्थात् ४८ लाल र ६ थान मुन्द्रासहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले ५ देखि ९ वर्षसम्मका बालबालिकाहरूलाई फकाएर वा धम्क्याएर सुनका मुन्द्रा लुट्ने गरेकी थिइन्।
171
Shares
प्रतिक्रिया