समाज


घरमै सुतिरहेकी महिलालाई मध्यराति उठाएर हत्या

घरमै सुतिरहेकी महिलालाई मध्यराति उठाएर हत्या

महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। 

लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुबी मण्डलको हत्या भएको हो। 

राति आफ्नै घर नजिक अज्ञात समूहले टाउकोसहितको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

बिहान महिलाको हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मृतकका छोरालाई उद्धृत गर्दै बताए अनुसार राति ढोका लगाएर घरमा सुतिरहेको बेला कसैले बाहिरबाट बोलाएका थिए।

घरबाट ढोका खोलेर बाहिर आएकी रुबीलाई घरबाट केही पर लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको उपरीक्षक आचार्यले बताए।  

घटनास्थलको अनुसन्धान जारी रहेको र हत्या गर्नेको खोजबिन जारी रहेको उपरीक्षक आचार्यले बताए। 

मृतकका श्रीमान वैदेशिक रोजगारमा भारत पन्जाबमा छन्।

मंसिर १५, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .