ad ad

समाज


भारतबाट हतियारसहित नेपाल प्रवेश गरेका दुई युवक पक्राउ

भारतबाट हतियारसहित नेपाल प्रवेश गरेका दुई युवक पक्राउ

शैलेन्द्र महतो
पुस १५, २०७८ बिहिबार १९:४२, काठमाडौँ

बाराबाट सशस्त्र प्रहरीले हतियारसहित दुई भारती युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत बिहार राज्यको  पूर्वी चम्पारण मोतिहारी डेका ग्रामपंचायत १३ बस्ने वर्ष २१ का चन्दन राम र वर्ष २० का अभिषेक कुमार छन्।

आज अपराह्न साढे ५ बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका  ८ पातलो बाटो नहर चोकस्थित भारतबाट नेपाल आउँदै गरेको बीआर–५०५ एजे४४२०९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा विशेष सुराकीको आधारमा चेकजाँच गर्दा हतियारसहित दुवै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए।

दुवै जनाको साथबाट अटोमेटिक युएसए लेखेको १ थान पेस्तोल, ७.६५ एमएमको २ राउन्ड गोली, त्यसमा प्रयोग हुने एकवटा म्याग्जिन, चकु, लागुऔषध गाँजा २ सय ग्राम लगायत बरामद गरिएको उनले बताए।

 उनीहरूलाई  बीओपी गोलागञ्ज बारामा ल्याई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .