ad ad

समाज


अब विदेशबाट खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

अब विदेशबाट खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

उजिर कार्की
पुस १६, २०७८ शुक्रबार १७:६, काठमाडौँ

सरकारले नेपाल प्रवेश गर्न सहज बनाउने निर्णय गरेको छ। विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गत मंसिर १६ गतेदेखि नेपाल प्रवेशमा कडाइ गर्ने निर्णय भएको थियो। 

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार विभिन्न निकायलाई पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको हो। मन्त्रिपरिषद्को पुस ८ गते बसेको बैठकले यसअघि जारी आदेश संशोधन गर्ने निर्णय गरेको हो। 

अब पूर्ण खोप लगाएको १४ दिन पुगेका र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले होटल क्वारेन्टिन बस्नु नपर्ने भएको छ। उनीहरुलाई घरमै क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने निर्णय भएको छ। 

खोपको मात्रा पुरा नगरेका वा खोप लगाएको १४ दिन नभएका नेपाली नागरिकहरुको प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ देखिए घर पठाउने निर्णय भएको छ।

यस्तै, खोपको मात्रा पुरा नगरेका विदेशी कुटनीतिक नियोग वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुलाई पनि नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ देखिए होम आइसोलेसनमा पठाउने निर्णय भएको छ।

यसअघि सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।
सरकारको यो निर्णय मंसिर १६ गते राति १२ बजेबाट लागू भएको थियो।
 

ओमिक्रोनको संक्रमण देखिएका हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय भएको हो। तर उक्त निर्णय सरकारले संशोधन गर्दै सहज बनाएको हो। 

यी देश ट्रान्जिट बनाएर नेपाल आउनेलाई पनि रोक लगाइएको थियो। ती मुलुक भ्रमण गरेकालाई पनि मंसिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेशमा रोक लगाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।

त्यतिबेला ट्रान्जिटमा रहेका यात्रुले समेत नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नु परेको थियो। 

संक्रमणको जोखिम भएका देशबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने पनि सरकारले निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .