ad ad

समाज


नोबेल कलेजमा तनाव, कक्षाकाेठा छिर्न नपाएपछि विद्यार्थीले गरे तोडफोड

नोबेल कलेजमा तनाव, कक्षाकाेठा छिर्न नपाएपछि विद्यार्थीले गरे तोडफोड

कृष्ण बहाब
पुस २५, २०७८ आइतबार १५:४४, काठमाडौँ

विवाद साम्य नभई कक्षा सञ्चालन गरेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त भएको छ।

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिइ थोरै विद्यार्थीलाई राखेर कक्षा सुरु भएको भन्दै आइतबार तनाव सृजना भएको हो।

रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन्। नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि झडप सुरु भएको थियो।

विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेलमा तोडफोड गरेका हुन्।

अहिले, कक्षा छिर्न नपाएका विद्यार्थीले तोडफोड गरेका छन् भने केही विद्यार्थीहरू घाइतेसमेत भएका छन्।

नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो। तर, आइतबार थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .