ad ad

समाज


नेपालको १० टन राहत सामग्री काबुलमा हस्तान्तरण (तस्बिरसहित)

नेपालको १० टन राहत सामग्री काबुलमा हस्तान्तरण (तस्बिरसहित)

नेपालले काबुल पुर्‍याएको सहायता सामग्री। तस्बिर : सन्तोष घिमिरे/नेपालखबर


सन्तोष घिमिरे
माघ २, २०७८ आइतबार १४:१३, काबुल

नेपाल सरकारले करिब १० टन मानवीय सहायता राजधानी काबुलमा अफगानिस्तानलाई हस्तान्तरण गरेको छ।

अफगानिस्तानको राजधानी काबुलस्थित संयुक्त राष्ट्रसंघीय नियोगमा एक कार्यक्रमबीच उक्त मानवीय सहायता हस्तान्तरण गरिएको हो।

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका काबुलस्थित नायव स्थायी प्रतिनिधि रमिश अलकबरोबलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन्।

सहायता हस्तान्तरण कार्यक्रममा बोल्दै सहसचिव लम्सालले मानवीय संकटसँग संघर्ष गरिरहेका अफगानी जनताका लागि मानवीय सहयोग गरिएको बताइन्।

त्यस अवसरमा राष्ट्रसंघका नायव स्थायी प्रतिनिधिले नेपालले अफगानिस्तानका जनतालाई दिएको मानवीय सहयोगका लागि धन्यवाद दिए।

राष्ट्रसंघले अन्य मुलुकबाट पनि यहाँको मानवीय संकट तथा भोकमरीको अवस्था हेरेर सहयोग गरिरहेको बताए।

राष्ट्रसंघ महाशाखा प्रमुख समेत रहेकी प्रवक्ता लम्सालले नेपालले अर्को मुलुकमा चार्टर्ड विमान नै पठाएर पहिलो पटक मानवीय सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्।

'अरु मुलुकबाट हामीले संकटका बेला सहयोग लिने गरेका छौँ', उनले भनिन्, 'हामी पहिलोपटक यसखाले सहयोग गर्न पाउदा निकै खुसी छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .