समाज


रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ८:५०,

रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ।

रौतहट प्रहरीका प्रवक्ता डीएसपी नवीन कार्कीले घटनाको पुष्टि गर्दै जिल्लाबाट प्रहरी टोली घटनास्थलमा खटिएको बताए। उनका अनुसार भारतीय सीमामा रहेको उक्त चौकीमा कनिष्ठ प्रहरी अधिकारीको कमाण्डमा सातजना कार्यरत थिए।

प्रहरीका अनुसार जिल्लाबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा टोली घटनास्थलका लागि हिँडेको छ।

मोबाइल सम्पर्क नहुने भएकाले यथार्थ विवरण प्राप्त हुन नसकेकोको डीएसपी कार्कीले बताए। उनका अनुसार अहिले अन्य सूचना अपूष्ट छन्।

‘विस्फोट भएको हो,’ उनले भने, ‘कसले किन, थप अनुसन्धानपछि थाहा हुनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .