ad ad

समाज


जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द

सुदीप भण्डारी
माघ ५, २०७८ बुधबार १७:२३, काठमाडौँ

कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। माघ ६ गते बिहीवारदेखि अर्को सूचना जारी नभएसम्मको लागि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा उल्लेख छ।

कार्यालयका विभिन्न फाँटका कर्मचारीमा संक्रमण लक्षण देखिइ होम आइसोलेसनमा रहेको हुँदा र सेवाग्राहीको अत्याधिक भिडले कोभिड फैलिन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा भनिएको छ। प्रमुख जिल्ला अधिकारी तिवारीले सात आठ जनामा लक्षण देखिएको र ती मध्ये कतिपयमा संक्रमण पुष्टी भएकाले सेवा बन्द गरिएको नेपालखबरलाई बताए।

‘स्टाफहरु होम आइसोलेसनमा हुनुहुन्छ। सतर्कता अपनाउनुपर्ने पनि देखियो। भिडभाड पनि बढी भयो’ उनले भने,  ‘शान्ति सुरक्षा, मुद्दा सम्बन्धी र अन्य अत्यावश्यक सेवा बाहेकका सेवा स्थगित गरेका छौं।’

नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता र नवीकरण, पेन्सन सिफारिस र प्रमाणित, नाबालक परिचय पत्र लगायतका सेवा स्थगन गरिएको तिवारीले बताए। अत्यावश्यक सेवा लिन आउनेका लागि पनि खोप कार्ड अनिवार्य गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .