काठमाडौंबाट आज बिहान उडेको बुद्ध एयरको एउटा जहाज गन्तव्यमा पुगेर पनि झन्डै एक घण्टा आकाशमा घुमेपछि मात्र नेपालगन्ज विमानस्थलमा अवतरण हुन सकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको 9N–AJX को जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगन्ज विमानस्थलमा अवतरण भएको हो।
सुरक्षा स्रोतका अनुसार जहाज बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो। तर नसकेपछि आकाशमै घुमिरहेको हो।
यसैबीच अवतरण गरेको जहाजभित्र एक महिला यात्रु बेहोस अवस्थामा फेला परेकी छन्। बाँके प्रहरीका अनुसार उनको अहिले राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।
उनी आकाशमा जहाज घुमेको घुम्यै गरेपछि त्रासले बेहोस भएको अनुमान गरिएको छ।
5.9k
Shares
प्रतिक्रिया