कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएपछि सरकारले थप कडाइ गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले नयाँ आदेश जारी गरेको हो।
आदेश अनुसार शुक्रबार राति १२ बजेबाट यातायातमा जोरबिजोर समेत लागु हुने भएको छ। जोर गते जोर नम्बर भएका सवारी र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुन सक्ने छन्।
यो नियम निजी र सार्वजनिक यातायातमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ।
औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन।
945
Shares
प्रतिक्रिया