समाज


म्याद थपको प्रयास असफल भएपछि १५ दिनअघि नै घर गए जर्नेल कार्की

म्याद थपको प्रयास असफल भएपछि १५ दिनअघि नै घर गए जर्नेल कार्की

नेपालखबर
माघ ९, २०७८ आइतबार १७:५, काठमाडौँ

नेपाली सेनाका उपरथी अनन्त कार्कीले बिदा लिएका छन्। माघ २५ गते अनिवार्य अवकासमा जान लागेका कार्कीले १५ दिन पहिले नै बरबुजारथ गरेका हुन्। 

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा कार्यरत कार्कीले सहायक रथी भोला थापालाई बरबुझारथ गरेका छन्। 

उनले सोमबारबाट १५ दिनको बिदा लिएको र त्यसपछि अवकासमा जाने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। सेवा अवधि थप नभएपछि कार्कीको सैनिक नेतृत्वसँग सम्बन्ध बिग्रिएको थियो। 

प्रधानसेनापति प्रभुराम शर्माले सेवा अवधि थप नगरेको भन्दै उनले रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसम्म निवेदन दिएका थिए। तर त्यति गर्दा पनि सेवा अवधि थपको प्रयास सफल नभएपछि १५ दिन अघिनै घरबिदामा गएका हुन्। 

प्रधानसेनापति शर्माले उनीभन्दा जुनियर उपरथीहरु सीताराम खड्का र ताराध्वज पाण्डेको भने सेवा अवधि थप गर्न सिफारिस गरेका थिए। मन्त्रिपरिषद्ले पुस ३० गते नै उनीहरुको म्याद थपको निर्णय गरेको थियो। 

उनले माघ ४ गते निवेदन दिएपछि उनको निवेदनउपर सरकारले कुनै निर्णय गरेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad