समाज


ब्राउन सुगरसहित पक्राउ परेका युवकको उपचारका क्रममा मृत्यु

ब्राउन सुगरसहित पक्राउ परेका युवकको उपचारका क्रममा मृत्यु

नेपालखबर
असार ७, २०७६ शनिबार ८:२८,

 प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ।

भारतबाट लागुऔषध खरिद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका– २ का ३७ वर्षीय सञ्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले न्यौपानेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

न्यौपानेले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए। पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका मृतक न्यौपाने लागुऔषध सेवनकर्ता पनि भएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad