ad ad

समाज


संखुवासभा बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु

संखुवासभा बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु

दुर्घटनाका २ तस्बिर


कृष्ण बहाब
फागुन २६, २०७८ बिहिबार १०:३, विराटनगर

संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुङ्गस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।  

संखुवासभासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दुर्घटनास्थलबाट अहिलेसम्म १३ शव निकालिएको जानकारी नेपालखबरलाई दिए। 

‘गाडीमा कति मान्छे थिए बन्ने एकिनचाहिँ भएको छैन’, उनले भने, ‘लासहरु भीर खोला ढुंगातिरबाट निकाल्दै छौं।’

मृतकहरुको पहिचान भइसकेको छैन।

उनका अनुसार ५ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई हेलिकप्टरबाट उद्धारको प्रयास हुँदै छ। 

‘धरान लगेर उपचार गर्न सकिन्छ नभए काठमाडौं’, प्रमुख जिल्ला अधिकारी खतिवडाले भने। 

मादी ओखरबोटेबाट दमकका लागि छुटेको बा ४ ख ७३५  नम्बरको यात्रुबाहक गाडी पुलुङ्गस्थित सातघुम्ती भीरबाट खसेकाे हाे। 

दुर्घटनाका थप तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .