ad ad

समाज


बिरामीको मृत्यु भएपछि अस्पतालमा ढुंगामुढा, स्थिति नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार

बिरामीको मृत्यु भएपछि अस्पतालमा ढुंगामुढा, स्थिति नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार

घटनास्थल


गोकुल जोशी
चैत १९, २०७८ शनिबार ९:३६, काठमाडौँ

उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित पद्मा अस्पतालमा तनाव भएको छ। 

अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ मालाखेतीका विनोदकुमार बोहराको शनिबार बिहान मृत्यु भएपछि उनका आफन्त आक्रोशित भएका हुन्। डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको छ। 

‘डायरिया भएपछि राति अस्पताल आएका रहेछन्। बिहान साढे ४ बजे उपचारका क्रममा बिरामीको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी वेदप्रकाश जोशीले भने,  ‘अस्पतालका डाक्टर लापरवाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित बनेका आफन्तहरुले ढुङ्गामुढा गरेका छन्।’

उनका अनुसार ढुंगामुढाबाट अस्पतालको अगाडिपट्टिको सिसा र एम्बुलेन्समा क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ।

‘अहिले स्थिति हाम्रो नियन्त्रणमा छ’, डीएसपी जोशीले नेपालखबरसँग भने, ‘अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .