ad ad

समाज


वृद्धभत्ता वितरण नगरेकाे भन्दै भंगहाका मेयरले लगाए बैंकमा ताला

वृद्धभत्ता वितरण नगरेकाे भन्दै भंगहाका मेयरले लगाए बैंकमा ताला

शैलेन्द्र महतो
बैशाख ७, २०७९ बुधबार १५:५०, जनकपुरधाम

महोत्तरीको भंगहा नगरपालिका मेयर संजिव साहले कुमारी बैंकमा तालबन्दी गरेका छन्। 

नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण गरेको भन्दै भंगहाको सीतापुर बजारमा अवस्थित कुमारी बैंकमा उनले आफै तालाबन्दी गरेका हुन्। 

‘साढे ४ महिनाअघि नगरपालिकाले बैंक खातामा सामाजिक सुरक्षा भत्ता जम्मा गर्यो। पटक पटक बाँड्न आग्रह गरेँ। तर बैंकले बाँडेन। व्यापक जनगुनासो आयो। त्यसकारण बाध्य भएर तालाबन्दी नै गर्नुपर्यो’ उनले नेपालखबरसँग भने। 

बुधबार दिउँसो उनले तालाबन्दी गरेपछि बैंकको सेवा प्रवाह बन्द भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .