ad ad

समाज


ललितपुर विस्फोटका घाइते भन्छन् : धेरै साथीहरु बाहिर भएकाले जोगिए

ललितपुर विस्फोटका घाइते भन्छन् : धेरै साथीहरु बाहिर भएकाले जोगिए

ललितपुरस्थित अक्सिजन प्लान्ट विस्फोटस्थल। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १२:४५, काठमाडौँ

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार विस्फोट हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। 

मृतक भारतीय नागरिक बृज मोहन महतो हुन्। उनी भारत बिहारबासी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। 

घाइतेमध्ये भारतीय नागरिक राजकुमार महतोको अवस्था गम्भीर छ। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। 

यस्तै ईश्वर बजगाईँको पनि पाटन अस्पतालमा उपचार भइरहेको विस्फोटमा परी घाइते भएका रमेश अधिकारीले नेपालखबरलाई बताए। 

अन्य चारजना डिस्चार्ज भएका छन्। सामान्य चोटपटक लागेका अञ्जली पौडेल, दुर्गा पुरी, रमेश अधिकारी र सुदीप तिमल्सिनालाई पाटन अस्पतालले डिस्चार्ज गरिसकेको अधिकारीले बताए। 

घाइते भन्छन् : केही थाहा भएन 
विस्फोटमा मारिएका भारतीय नागरिक वृजमोहन र गम्भीर घाइते राजकुमार महतो प्लान्टमा ग्यास भरिरहेका थिए। 

अन्य नजिकै रहेको कार्यालयमा अरु काममा व्यस्त थिए। घाइते अधिकारीका अनुसार उनीहरुलाई विस्फोटपछि सिसाले लागेको हो। 

यो अक्सिजन प्लान्टमा २०/२२ जना मजदुर कार्यरत रहेका उनले बताए। तर धेरै कर्मचारी अक्सिजन लिएर गाडीमा बाहिर भएका कारण जोगिएका छन्। 

‘धेरै साथीहरु गाडी लिएर बाहिर सिलिन्डर ढुवानी गर्न गएका थिए। उनीहरु पनि आउने बेला भएको थियो', उनले भने, 'तर उनीहरु आइनपुग्दै विस्फोट भएका कारण धेरै मानवीय क्षति हुन पाएन। उनीहरु आइसकेपछि विस्फोट भएको भए, धेरै जना पर्ने रहेछन्।’

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनास्थलमा उद्योगमन्त्री दिलेन्द्र बडू पुगेर अवस्था बुझेका छन्। घटनाको अनुसन्धान भइरहेको एसपी शाहले बताएका छन्।

घटनास्थलको भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .