समाज


माओवादीबाट वडाध्यक्ष उम्मेदवारका बुबालाई अज्ञात समूहले आक्रमण गर्‍यो

माओवादीबाट वडाध्यक्ष उम्मेदवारका बुबालाई अज्ञात समूहले आक्रमण गर्‍यो

शैलेन्द्र महतो
बैशाख २२, २०७९ बिहिबार ८:५८, जनकपुरधाम

धनुषामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेकाका बुबालाई धारिलो हतियार प्रहार गरिएको छ। 

धनुषाको कमला नगरपालिका १ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियारले हानेको हो। यादव गम्भीर घाइते भएका छन्। 

राती १२ः३० बजे आफ्नै घरमा सुतिरहेका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुतेका उनको बुवालाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।  

घाइते यादवको शरीरका विभिन्न ठाउँमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाती सुरेन्द्र यादवले बताए। 

घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।  

घटनाबारे पूर्ण विवरण आइनसकेको र अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .