समाज


बिहे हुने खुसीमा मध्यरातसम्म नाचगान, सुतेपछि बाबुछोराकै विभत्स हत्या

बिहे हुने खुसीमा मध्यरातसम्म नाचगान, सुतेपछि बाबुछोराकै विभत्स हत्या

तालिम प्राप्त कुकुरसहित घटनास्थलमा प्रहरीको टोली। तस्बिर : नेपालखबर


शैलेन्द्र महतो
जेठ ८, २०७९ आइतबार १३:४१, जनकपु्रधाम

सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ।

सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो।

घरमै सुतिरहेको अवस्थामा गएराति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ। 

सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो।  

महिलाहरु राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए। 

सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। 

हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान गरको छ। 

'उनीहरु दुवैको ओछयानमै शव फेला परेको छ', सिरहा प्रहरी प्रवक्ता डीएसपी सुभाष ढकालले नेपालखबरसँग भने, 'शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको छ। अनुसन्धान गर्दैछौँ।'

घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने ढकालले बताए। दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .