ad ad

समाज


दार्चुलामा महिलाको हत्या गरेर शव जलाउने तीन जना पक्राउ

दार्चुलामा महिलाको हत्या गरेर शव जलाउने तीन जना पक्राउ

नेपालखबर
जेठ २६, २०७९ बिहिबार २०:१, काठमाडौँ

दार्चुलामा महिलाको हत्या गरी शव जलाएको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नातामा मृतका देवर पर्ने भोजबहादुर खडायत रहेका छन्। खडायत नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन्।
उनलाई आज बैतडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको हत्या गरी जलाएको अवस्थामा शव फेला परेको थियो। 

महिलाको हत्या आरोपमा प्रहरीले बुधबार नै दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले बस चढेर भाग्दै गरेको अवस्थामा छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई बैतडीबाट नियन्त्रणमा लिएको थियो भने भोजबहादुर फरार थिए।

पक्राउ परेका वीरेन्द्र माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्ष हुन्। 

घरनजिकै जलेको अवस्थामा बुधवार बिहान अनिभाको शव भेटिएको थियो।

खडायत आफ्नै घर पछाडिको खरको कुनिउँमा जलाइएको अवस्थामा भेटिएकी हुन्। 

मृत भेटिएकी महिला एकल हुन्। उनका पतिको केही वर्षअगाडि मृत्यु भएको थियो। उनको घरमा १३ वर्षीया छोरी र ७ वर्षीय छोरा मात्रै छन्।

मृतककी छोरीले आज जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .