समाज


किशोरी गर्भवती भएपछि हजुरबा पक्राउ

किशोरी गर्भवती भएपछि हजुरबा पक्राउ

नेपालखबर
मंसिर १६, २०७६ सोमबार २:३६,

ओखलढुंगाको मोलुङ गाउँपालिकामा हजुरबाले बलात्कार गर्दा १५ वर्षीया नातिनी गर्भवती भएकी छन्।

१५ वर्षीया नातिनी बलात्कार गरेर गर्भवती बनाउने ५८ वर्षीय हजुरबालाई प्रहरीले केही दिनअघि पक्राउ गरेको छ।

बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

बृद्धले गएको साउनमा बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेका अनुसन्धानको क्रममा खुलेको छ।

बालिका गर्भवती भएपछि बलात्कारको घटना बाहिरिएको हो।

बालिकाको पेट अस्वभाविक बढेपछि आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेको थियो।

बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ।

बालिका सुस्त मनस्थितीकी छन्। गर्भपतनका लागि उनलाई प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad