प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वित्तिय संस्थाको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको साविक शिवनगर गाविस–८ स्थायी वतन भइ हाल काठमाडौं महानगरपालिका–२ बस्ने वर्ष ४१ की बबिता पन्त पौडेल रहेकी छन्।
पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिइ कर्जा दिइ बैंकिङ श्रोत, साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७१ माघ २९ गते एक महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बबितालाई मंगलबार सिनामंगल, काठमाडौंबाट पक्राउ गरेकाे ह।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जनाएको छ।
Shares
प्रतिक्रिया