प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको चतरादेखि भोजपुर र संखुवासभासम्म जोड्ने कोशी करिडोर अझैसम्म नबनेकोमा चासो व्यक्त गरेका छन्।
पूर्वअर्थमन्त्री शंकर कोइरालासहित बुधबार बिहान बालुवाटार पुगेको भोजपुर जिल्लाको टोलीसँगको भेटका क्रममा देउवाले कोशी करिडोर अझैसम्म नबनेको भन्दै सोधखोज गरेका हुन्।
६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट भोजपुरबासीले पनि लाभ पाउनुपर्ने मागसहित बालुवाटार पुगेको टोलीले विकासका अन्य मुद्दा पनि उठाएका थिए।
त्यही क्रममा सुनसरीको चतरा हुँदै पहाडसम्म निस्किने उक्त करिडोरको प्रसंग पनि उठेको थियो।
'हामीले अरुण जलविद्युतसहित विकासका अन्य सवालबारे पनि कुरा उठायौँ', बालुवाटारमा प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भोजपुरे टोलीका एक प्रतिनिधिले भने, 'चतरादेखि पहाडसम्म कोशी करिडोर बनाउने कुरा त २०१६ सालदेखि नै मैले सुनेको हो। पनि अझै बनेको रहेनछ? के कारणले रोकिएको हो त्यो करिडोर?'
प्रतिक्रिया