सशस्त्र प्रहरी बलले विराटनगर महानगरपालिका–१४ जतुवाबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली र तयारी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको विशेष टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो।
जतुवास्थित मुन्ना सहनीको घर भाडामा बस्दै आएका यादवको कोठामा शङ्का लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो। सो क्रममा उनको कोठाबाट हतियार र गोलीका साथै १४० ग्राम गाँजा, दुई थान मोबाइल फोन र एक थान भालासमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई बरामद गरिएका हतियार, गैरकानुनी सामग्री र अन्य बस्तुसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना र लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया