सप्तकोसी नदीमा तैरिरहेको अबस्थामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। बिहीबार बिहान करिव ३ सय ८ किलो गाँजा बरामद गरेको हो।
कोसी गाउँपालिका–७ केराबारी र भण्टाबारीबीचको सप्तकोसी नदीको बाँधको किनारनजिक ३ सय ८ किलो फेला परेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीले गस्ती गर्दै जाने क्रममा नदीको किनार छेउमा पानीमा तैरिरहेको अवस्थामा ८ वटा कालो प्लास्टिकले बेरिएको शंकास्पद पोकाहरु फेला पारेको थियो। उक्त पोका खोलेर हेर्दा भित्र गाँजा रहेको पत्ता लागेको प्रहरीको भनाई छ।
सप्तकोसी नदीबाट गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ। गाँजा कसले र कहाँ लैजान खोजेको भन्ने यकिन भइनसकेको डिएसपी खड्काले बताए। भारततर्फ कटाउने योजना हुनसक्ने प्रहरीको अनुमान छ।
Shares

प्रतिक्रिया