कोशी


कीर्तिपुरको होल्डिङ सेन्टरमा भएको घटनाविरुद्ध विराटनगरमा धर्ना बस्न खोज्दा २६ युवा पक्राउ

कीर्तिपुरको होल्डिङ सेन्टरमा भएको घटनाविरुद्ध विराटनगरमा धर्ना बस्न खोज्दा २६ युवा पक्राउ

सुमन सुस्केरा
असार २८, २०८३ आइतबार ५:३८, विराटनगर

काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुमवासीलाई सघाउन भनी पुगेका जेनजी युवालाई प्रहरीले धरपकड गरेको विरोधमा मोरङ जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्न खोज्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार रातिको वर्षाले कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा पर्दा त्यहाँ राखिएका सुकुमवासको बिचल्ली भएपछि सहयोग गर्न भनेर शनिबार त्यहाँ पुगेका तीन जना जेनजी युवालाई प्रहरीले पक्राउ गरेको थियो। त्यस क्रममा प्रहरीले कुटपिट गर्दा जेनजी अभियन्ता माजिद अन्सारी घाइते भएका छन्। नहेन्द्र खड्का र सरिश्मा थापालाई भने रिहा गरिएको छ। 

त्यस घटनाको विरोधमा शनिबार राति साढे ९ बजे जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेटअगाडि धर्ना बस्न खोजेका २६ युवालाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय माेरङका एसपी कवित कटुवालले रातिको समयमा सडकमै धर्नामा बसेका प्रदर्शनकारीहरूलाई पटकपटक सम्झाईबुझाई गर्दा पनि अटेर गर्दै  प्रहरीका कामकारबाहीमै अवरोध पुर्‍याउनाका साथै सवारीसाधन आउजाउ नै ठप्प पारेपछि नियन्त्रणमा लिइएको दाबी गरे। 

उनीहरू सबैलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।  ​

नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण:

​१) अमरेश माली (वर्ष १७) – राजविराज, सप्तरी

२) कृष्ण यादव (वर्ष २२) – राजविराज, सप्तरी

३) मो. दिल (वर्ष २१) – विराटनगर–४, मोरङ

४) मो. अकबर (वर्ष २८) – देवानगञ्ज–२, सुनसरी

५) रोहित सहनी (वर्ष २०) – विराटनगर–६, मोरङ

६) मोहम्मद अफरोज (वर्ष २०) – विराटनगर–१०, मोरङ

७) अंकित राजवंशी (वर्ष १८) – विराटनगर–२, मोरङ

८) आसिफ उमर (वर्ष १८) – विराटनगर–६, मोरङ

९) चाँद चाहिद (वर्ष २९) – विराटनगर–६, मोरङ

१०) अफताव सेख (वर्ष १८) – विराटनगर–६, मोरङ

११) अरमान सेख (वर्ष १७) – विराटनगर–६, मोरङ

१२) दीपेश कुमार राय (वर्ष १८) – विराटनगर–७, मोरङ

१३) रिहान सेख (वर्ष २०) – विराटनगर–८, मोरङ

१४) मेहुबुच आलम (वर्ष १७) – विराटनगर–८, मोरङ

१५) सारुखान शर्मा (वर्ष २१) – विराटनगर–९, मोरङ

१६) मो. तौफिक उमर (वर्ष २२) – विराटनगर–६, मोरङ

१७) आसिफ सेख (वर्ष १८) – विराटनगर–१७, मोरङ

१८) सचिन कुमार मण्डल (वर्ष २१) – विराटनगर–१०, मोरङ

१९) मो. जम्सैद आलम (वर्ष २६) – विराटनगर–८, मोरङ

२०) अस्लम समी (वर्ष २६) – विराटनगर–८, मोरङ

२१) प्रियान्स कुमार कर्ण (वर्ष १८) – विराटनगर–१३, मोरङ

२२) फरन खान (वर्ष २०) – विराटनगर–८, मोरङ

२३) अमिर जमाली (वर्ष १९) – विराटनगर–६, मोरङ

२४) मो. सिन आलम (वर्ष १९) – विराटनगर–९, मोरङ

२५) अन्जर खान (वर्ष २०) – विराटनगर–१५, मोरङ

२६) सकी आलम (वर्ष १८) – विराटनगर–१७, मोरङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad