समाज


साग उद्घाटनका क्रममा छाडिएको पटका विस्फोट हुँदा जनकपुरमा एक बालक गम्भीर घाइते

 साग उद्घाटनका क्रममा छाडिएको पटका विस्फोट हुँदा जनकपुरमा एक  बालक गम्भीर घाइते

शैलेन्द्र महतो
मंसिर २१, २०७६ शनिबार ६:४४,

जनकपुरमा सागमा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते भएका छन्।

शनिबार बिहान खेलाउँदै गरेको फटाका बिस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका १३ कवर्डहल बस्ने शोभित राउतका १० वर्षका छोरा आलोक राउत गम्भीर घाइते भएका छन्।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजन भएको जनकपुरधाम उपमहानगरपालिका १४ स्थित जिलखेलकुद विकास समिति धनुषाको कवर्ड हलबाट करिव ४ सय मिटरमा बिस्फोट भएको ठाउँ पर्छ।

सागकै उदघाटन उत्सवमा शुक्रबार साँझ पड्काएपछि बाँकी रहेको एक पटाका फालिएको थियो। त्यही टिपेर ल्याइ खेलाउँदै गरेको पटका पड्किदा पेट फुटेर गम्भीर घाइते भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

बिहान ९ बजेतिर बिस्फोट भएको जनाएको छ । बालकको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको छ ।

घटना स्थलमा प्रहरी आएर मुचुल्का गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad