समाज


दुबईबाट आएका दुई नेपाली चार थान औँठीसहित पक्राउ

दुबईबाट आएका दुई नेपाली चार थान औँठीसहित पक्राउ

नेपालखबर
साउन १९, २०७९ बिहिबार २१:५१, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दुई/दुई थान औँठीसहित दुई जनालाई पक्राउ गरेको छ। 

दुवईबाट काठमाडौं आएका उनीहरुले ल्याएको सुनको औँठीसहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रामपुर घर भएका विवेक तिम्सिना र काठमाडौंको दक्षिणकाली नगरपालिका–४ घर भएका साजन श्रेष्ठ रहेका छन्।

विवेकको साथबाट धातुको बेरुवा औँठी थान–२ को अन्दाजी तौल ८० ग्राम र साजनको साथबाट पनि अन्दाजी ८० ग्रामको दुई थान बेरुवा औँठी बरामद भएको हो।

बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरु विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ परेका हुन्। 

उल्लेखित सुनको बेरुवा औँठीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको आरोपमा उनीहरुलाई आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad