समाज


बन्चरेडाँडामा ५ राउन्ड हवाइ फायर

बन्चरेडाँडामा ५ राउन्ड हवाइ फायर

फाइल फोटाे


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १५:४९, काठमाडौँ

काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच तनाव भएको छ। 

उपत्यकाको फोहोर लिएर गएका टिपरलाई स्थानीयले अवरोध गरेपछि झडप भएको हो। 

त्यसक्रममा प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेको छ।

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीहरुलाई स्थानीयले अवरोध गर्दै आएका छन्।
आइतबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए। 

धादिङको धुनीबेंसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेका थिए। 

करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा उनीहरुले गरेका छन्।

उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन्।

स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयवासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .