समाज


यूएन मिसन इराकमा तैनाथ शान्ति सैनिकको अदलीबदली

यूएन मिसन इराकमा तैनाथ शान्ति सैनिकको अदलीबदली

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १५:४५, काठमाडौँ

शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ। 

युनाइटेड नेसन्स एसिस्टेन्स मिसन फर इराक (युनामी), इराकमा तैनाथ संयुक्त राष्ट्र संघीय गार्ड युनिट युनामी–१ (बी)लाई बदली गर्नका लागि संयुक्त राष्ट्र संघीय गार्ड युनिट युनामी-९ (बी) को पहिलो टोली खटिएको हो।

सेनानी बसन्त नाथ योगीको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु कमर्सियल फ्लाइट (फ्लाइ दुबई) मार्फत काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।

साथै, उक्त मिशनमा तैनाथ संयुक्त राष्ट्र संघीय गार्ड युनिट युनामी–१० (बी)को पहिलो टोली सह सेनानी अनिल थापाको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु आज स्वदेश फिर्ता भएका छन्।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत रही शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .