समाज


देशभर मौसम बदली, तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

देशभर मौसम बदली, तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार ६:२९, काठमाडौँ

अहिले (आइतबार बिहान ६:१५ बजे) दुइटा प्रदेशमा वर्षा भइरहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यतिबेला कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो।  

अहिले देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भेगका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

‘अपराह्नतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् प्रधानांगले बताए। 

बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा भनिएको छ : देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .