ad ad

समाज


नेपाली सेनामा चार कमाण्डको संरचना असफल, एक वर्षमै पृतनामा फर्कियो

नेपाली सेनामा चार कमाण्डको संरचना असफल, एक वर्षमै पृतनामा फर्कियो

फाइल तस्बिर


उजिर कार्की
भदौ २९, २०७९ बुधबार २२:४७, काठमाडौँ

नेपाली सेनाले पृतनाकै संरचनामा फर्किएको छ। यही भदौ २१ गते बसेको मन्त्रिपरिषदको बैठकले सेनालाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको थियो।

चार कमाण्डको संरचना असफल भएपछि सरकारले पृतनामै फर्काउँदै पुरानै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। 

त्यही निर्णयअनुसार नेपाली सेना पृतना, बाहिनी, गण र गुल्महरूको संरचनामा फर्किने भएको छ। 

सैनिक मुख्यालयस्थित कार्यरथी विभागले बुधबार पुरानै संरचनामा फर्किएको भन्दै मातहतका सबै ब्यारेकलाई जानकारी गराएको हो। 

पत्रमा नेपाली सेनाको परिचालन, कार्य प्रकृति र कमाण्ड कन्ट्रोल तथा नेपाल सरकारका अन्य निकायसँगको समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै पुरानै पृतनाको संरचनामा फर्किनु परेको उल्लेख छ। 

पुन:स्थापित पृतनाहरूलाई विगतमा दिएकै जिम्मेवारीमा यथावत राखिएको छ।

चारवटा कमाण्डमा जानु पहिले सेनामा देशभर ८ वटा पृतना थिए। 

तर २०७८ साउनदेखि तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतना खारेज गर्दै चार कमाण्डमा चलाउने निर्णय कार्यान्वयनमा ल्याएका थिए। 

तर एक वर्षमै उक्त निर्णयबाट नेपाली सेना पछि हटेको हो।

नेपाली सेनाको पुरानो संरचनामा पूर्वी पृतना, मध्यपूर्वी पृतना, मध्य पृतना, उपत्यका पृतना, पश्चिम पृतना, मध्यपश्चिम पृतना, उत्तर पश्चिम पृतना र सुदुरपश्चिम पृतना थिए।

एक वर्षपहिले यी सबै पृतना खारेज गर्दै पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका कमाण्डमा सेनाको संरचना बनाइएको थियो।

२०७८ असार २४ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार कमाण्ड प्रणालीमा गएको सेनालाई प्रधानसेनापति प्रभुराम शर्माले पुरानै संरचनामा फर्काएका हुन्।

यो निर्णयसँगै चार कमाण्डको संरचना नेपाली सेनामा असफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .