वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ।
लामो समय बेलायती समाचार संस्था बीबीसी र फ्रान्सेली समाचार समिति एएफपीमा काम गरेका पत्रकार श्रेष्ठको बुधबार ८१ वर्षको उमेरमा निधन भएको हो।
लामो समयदेखि मुटुसम्बन्धी बिरामी उनको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा सुसनमान श्रेष्ठले जानकारी दिए।
काठमाडौँ–२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी छन्।
नेपालबाट एएफपीमा ४० वर्ष र बीबीसीमा २० वर्ष काम गरेका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएका थिए। रासस
195
Shares

प्रतिक्रिया