वीर अस्पताल अगाडी बनेका अवैध संरचनाहर काठमाडौं महानगरपालिकाले आज भत्काउने भएको छ। काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अवैध रुपमा बनेका वीर अस्पताल अगाडीका टहराहरु आज भत्काउन लागिएको हो।
दिउँसो १ बजे वीर अस्पताल अगाडी फार्मेसीहरु संचालन भएका टहराहरु भत्काउन लागिएको पाण्डेले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसा बुधबार त्यहाँको टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएको थियो।
सोही अनुसार बिहीबार दिउँसो १ बजे डोजर लिएर त्यहाँ जान लागिएको उनले बताए।
78
Shares
प्रतिक्रिया