समाज


व्याकुल माइलालाई मासिक भत्ता ५० हजार, सत्यमोहनको हेरचाहमा नर्स

व्याकुल माइलालाई मासिक भत्ता ५० हजार, सत्यमोहनको हेरचाहमा नर्स

नेपालखबर
असोज ९, २०७९ आइतबार १७:१०, काठमाडौँ

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवनयापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ। 

असोज ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

आइतवार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले सरकारले संस्कतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .