ad ad

समाज


चर्चित अमेरिकी स्कि माउन्टेनर हिलारीको शव भेटियो, काठमाडौं ल्याइँदै

चर्चित अमेरिकी स्कि माउन्टेनर हिलारीको शव भेटियो, काठमाडौं ल्याइँदै

हिलारी नेल्सन (फाइल तस्बिर)


नेपालखबर
असोज १२, २०७९ बुधबार ११:४९, काठमाडौँ

अमेरिकी स्कि माउन्टेनर ४९ वर्षीया हिलारी नेल्सनको शव फेला परेको छ। 

मनाङ प्रहरीका अनुसार गोरखा र मनाङको सिमानामा हिलारीको शव भेटिएको हो। 

‘शव फेला परेको छ। गोरखा र मनाङको सीमानामा शव फेला परेको हो। अहिले शव बेसक्याम्पमा झारिएको छ। गोरखासँग समन्वय गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ’, मनाङका डीएसपी सागर केसीले बताए।

मनास्लु हिमाल पर्वतारोहणको लागि गएकी उनी मंगलबार हिमालको तल्लो क्षेत्रमा हिमपहिरोमा परी हराएकी थिइन्। 

दुई सन्तानकी आमासमेत रहेकी नेल्सन अनुभवी स्कि माउन्टेनर हुन्। 

सन् २०१२ मा उनले सगरमाथाको आरोहण गरेकी थिइन्। लगत्तै २४ घण्टामा उनले ल्होत्से हिमालको पनि आरोहण गरेकी थिइन्। 

त्यसयता उनले नेपालका विभिन्न हिमालको आरोहण गर्दै आएकी थिइन्। धेरैजसो उनी आफ्ना पति जिम मौरिसनसँगै हिमाल आरोहणका लागि जाने गरेकी थिइन्। 

मंगलबार मनास्लु आरोहणमा जाँदा पनि मौरिसन उनीसँगै थिए।

सो क्रममा उनको स्कि ब्लेड चिप्लिएर उनी खस्नपुगेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .