ad ad

समाज


गोरखाबाट काठमाडौं ल्याइयो फूलपाती, हनुमानढोकाको दसैं घरमा राखिने (तस्बिरहरू)

पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि बसेको थियो परम्परा
गोरखाबाट काठमाडौं ल्याइयो फूलपाती, हनुमानढोकाको दसैं घरमा राखिने (तस्बिरहरू)

तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
असोज १६, २०७९ आइतबार १६:१३, काठमाडौँ

गोरखकाली मन्दिरस्थित दसैंघरबाट पठाइएको फूलपाति काठमडाौं आइपुगेको छ। काठमाडौंको हनुमानढोकास्थित दसैं घरमा फूलपाति ल्याइएको हो। 

गोरखामा विधिपूर्वक शनिवार राति संंकलन गरिएको फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका ल्याइएको हो।

गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोरखा नगरपालिका वडा नम्वर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौं पठाइएको गोरखा दरवार हेरचाह अड्काका प्रमुख हरिप्रसाद भुषालले बताए।

फूलपाती पठाउने क्रममा बाजागाजा सहित हर्षोल्लास मनाइएको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडाैं राज्य जितेपछि गोरखाबाट फूलपाति हनुमानढोका दशैंघरमा लैजाने परम्परा बसेको हो।

उनले विसं १८२५ सालमा काठमाण्डौंमा विजय प्राप्त गरेका थिए ।

गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाति लैजाने परम्परा रहेको थियो। राणाकाल शुरुभएसँगै उक्त परम्परा अवरुद्ध भएको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .