ad ad

सुदूरपश्चिम


अछाम–१ माओवादीको भागमा परेको चर्चाले एकीकृत समाजवादीमा हलचल

श्रममन्त्री भन्छन्– बन्द कोठामा गरिएको षडयन्त्रको अर्थ छैन
अछाम–१ माओवादीको भागमा परेको चर्चाले एकीकृत समाजवादीमा हलचल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर।


गोकुल जोशी
असोज १६, २०७९ आइतबार १६:२८, काठमाडौँ

दुईवटा निर्वाचन क्षेत्र रहेको अछामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र दुवै दलको शसक्त दाबी छ।

यो क्षेत्र एकीकृत समाजवादीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरका लागि सुरक्षित गर्न चाहेको छ।

सत्तारुढ गठबन्धनमा अछाम १ को टुङ्गो नलागेको अवस्थामा पछिल्लो समय त्यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको चर्चा चलेको छ।

यसले नेकपा एकीकृत समाजवादी वृत्तमा हलचल ल्याइदिएको छ। यसै सन्दर्भमा अछाम १ बाट गठबन्धनको साझा उम्मेदवार बन्ने चाहेका एकीकृत समाजवादीका नेता समेत रहेका श्रममन्त्री कुँवरले कलम चुनाव चिन्ह सहित चुनावमा होमिने घोषणा गरेका छन्।

बन्द कोठाभित्र गरिएका षडयन्त्रको कुनै अर्थ नरहेको समेत उनले टिप्पणी गरेका छन्। ‘कसैमा भ्रम नरहोस्’ निर्वाचनको हामी पूर्वसन्ध्यामा छौ’ मन्त्री कुँवरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसपालिको निर्वाचनमा कलम चिन्ह लिएर जनताको बिचमा आउने छु, बन्द कोठा भित्र गरिएका षडयन्त्रको कुनै अर्थ छैन। नत खपतका लागि गरिएको प्रचारको ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .